राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं असार ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणिकरण गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधान संशोधन विधेयक प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयका हरिप्रसाद दाहालले जानकारी दिए । 

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा  प्रमाणिकरण गरेसँगै यसले संवैधानिक मान्यता पाएको छ । सरकारले निशान छापमा समेटिएको नक्सा परिवर्तन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको थियो ।  प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम विधेयक प्रमाणिकरण गरेकी हुन् ।

प्रतिक्रिया