कर्णालीमा संक्रमितको संख्या १२३३ पुग्यो, दैलेखमा ७ सय २४

कर्णालीमा संक्रमितको संख्या १२३३ पुग्यो, दैलेखमा ७ सय २४

सुर्खेत असार ५ गते । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पृष्टी भएको छ। प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षण रिपोर्ट अनुसार शुक्रबार ९ जना संक्रमित थपिएका हुन्। यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पृष्टी भएका संक्रमितमध्य दैलेख भैरवी गाउँपालिका-२ का २ जना, सुर्खेत भेरीगंगा नगरपालिकाका ६ जना र जाजरकोट सेरागाड–४ का १ जना पुरुष रहेका छन्। शुक्रबार ३ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ८ पुगेको छ। मेहलकुना अस्पताल सुर्खेतबाट १ र कालिकोट अस्पताल कालिकोटबाट २ जना गरी थप ३ जना कोरोना जीतेर घर फर्किएका छन्। कर्णाली प्रदेशमा हालसम्म १७ हजारको कोरोना परीक्षण गरिएको छ। कर्णालीमा पृष्टी भई कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

कर्णालीमा हालसम्म सबैभन्दा बढि दैलेखमा ७ सय २४ र सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ तथा मुगुका २ जनालाई कोरोना पृष्टी भएको छ। यस्तै सल्यानका १ सय ३७, सुर्खेतका २ सय ७७, जाजरकोट ९, कालिकोट ४३, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ।

प्रतिक्रिया