मृत्यु दावी बिमा हस्तान्तरण

मृत्यु दावी बिमा हस्तान्तरण

दैलेख असार ८ गते ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड दैलेखले विमकको मृत्यू दावी भुक्तानी दिएको छ । नारायण नगरपालिका–९ बासकोटकी विमित ४५ वर्षीया धमसरा सुनारको मृत्यु दावीको २ लाख ७८ हजार ९ सय ४५ रुपैंयाँ आजै भुक्तानी दिइएको हो । कम्पनीका दैलेख प्रवन्धक बिबाखर रिमालले विमितले इच्छाएका भनी विमा भर्दा उल्लेख गरिएका उहाँका भाई जगत सुनारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
२०७३ पुस ७ गते जारी भएको ०५९००१८२४ पोलिसी नम्वरको १० वर्षे जीवन अमृत वार्षिक ३२ हजार ८९ का दरले तीन किस्ता तिरिसकेपछि विमितको २०७६ पुस ३ गते काठमाण्डौंमा उपचारका क्रममा मृत्यू भएको थियो । किड्नीमा समस्या देखिएपछि उपचारको क्रममा विमित धनसराको मृत्यू भएको हो । मृतकका श्रीमान्, २ छोरा र १ छोरा छन् ।

प्रतिक्रिया