कर्णालीमा थप २६ जनामा संक्रमण : संक्रमितको संख्या १२८२ पुग्यो

कर्णालीमा थप २६ जनामा संक्रमण : संक्रमितको संख्या १२८२ पुग्यो

सुर्खेत असार ८ गते । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप २६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । 

जसमा सुर्खेतका १८, दैलेखका ३, सल्यानका ४ र हुम्लाका एक जना संक्रमित रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको जम्मा संख्या १ हजार २ सय ८२ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार थप २० जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ५१ पुगेको छ । 

सोमबार कोरोना जीतेर घर फर्किनेहरुमा चौरजहारी अस्पताल रुकुमपश्चिमबाट ९ जना पुरुष, सालकोट आइसोलेसन सुर्खेतबाट ५ जना पुरुष र १ जना महिला र मेहलकुना अस्पताल सुर्खेतबाट २ पुरुष र ३ जना महिला रहेका छन् । कर्णाली प्रदेशमा हालसम्म करिब १८ हजारको कोरोना परीक्षण गरिएको छ । भने कर्णालीमा कोरोना पृष्टी भइ मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय १४ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनामा कोरोना पृष्टी भएको छ । यस्तै सल्यानका १ सय ७३, सुर्खेतका २ सय ९७, जाजरकोट १०, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको स्वास्थ्य माहाशाखाको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया