फोटो पत्रकार बिसीले गरे जन्मदिनमा खाद्यन्न सहयोग

फोटो पत्रकार बिसीले गरे जन्मदिनमा खाद्यन्न सहयोग

दैलेख असार ९ गते
फोटो पत्रकार श्याम बिसीले आफ्नो जन्मदिन खाद्यन्न सहयोग गरेर मनाएका छन् । बिसीले जन्मदिनको अबसरमा नारायण नगरपालिका–४ रातापानीका प्यारालाइसिस पीडित भरतबहादुर सिजालीको परिवारलाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । दैलेखको गुराँस गाउँपालिका–६ घर भई दैलेख सदरमुकाममा बस्दै आएको बिसीले जन्मदिनमा सिजालीको परिवारलाई चामल, दाल, नुन, तेल, जिरा, साबुन सहयोग गरेका हुन् ।

बिसीले सिजालीको छोराछोरीलाई शैक्षिक सामग्री, विद्यालय पोषाकहरु सहयोग उपलब्ध गराउने बताएका छन् ।बर्षौ यता प्यारालाइसिसका कारण थला परेका सिजालीको परिवार अहिले दैनिक घर खर्च चलाउन समस्यामा परेको जानकारी पाएपछि आफुले सहयोगका लागी उनलाई नै छनोट गरेको बिसीले बताए । विगतका बर्षहरुमा आफ्ना जन्मदिनहरुमा सामाजिक काम गरेर मनाउँदै आएका बिसीले अघिल्लो बर्ष आफुले आफ्नो अध्ययन प्रारम्भ गरेको गुराँस गाउँपालिकाको एक आधारभुत बिद्यालयमा आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
एउटै व्यक्तिको सहयोगले केही नहुने भन्दै यस्ता क्रियाकलापहरुमा सबैको सक्रियता भए समाजमा पछि परेको वर्गको जीवनस्तर उकास्न सहयोग पुग्ने बिसीको भनाई छ । ‘आगामी दिनमा यसरी सहयोगहरुको सङ्ख्या बढ्नेमा म विस्वस्त छु,’ उनले भने । बिसी हाल सिटिजन लाईफ इन्स्योरेन्स दैलेख शाखामा शाखा प्रमुखको रुपमा समेत कार्यरत छन् ।

प्रतिक्रिया