प्यारालाइसिस पीडित सिजालीको परिवारलाई सोसेकको खाद्यान्न सहयोग

प्यारालाइसिस पीडित सिजालीको परिवारलाई सोसेकको खाद्यान्न सहयोग

दैलेख असार ९ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बर्षौ देखि प्यारालाइसिसले थला परेका नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । आर्थीक अवस्था कमजोर भएको सिजालीको परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । आमाबुबा, श्रीमती र तीन सन्तानको साहारा बनेको भरत थला परेपछि परिवार विचल्लीमा परेको थियो । कोरोना भाइरसका कारण थप समस्यामा परेको भरतको परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले बताए ।
सापकोटाका अनुसार पाँच हजार पाँच सय बराबरको खाद्यान्न सहयोग गरिएको छ । ३० केजीको दुई बोरा चामल, एक क्यारेट अण्डा, २ केजी नुन, २ केजी चिनी, ५ थान नर्मल माक्स, एक थाम थर्मामिटर, ४ केजी दाल, ४ लिटर तेल, चियापत्ती, सेनीटाइजर, साबुन, सेनेटरी प्याड, ब्रस, कोलगेट उपलब्ध गराईएको हो ।

प्रतिक्रिया