कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुग्याे

कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुग्याे

सुर्खेत असार १० गते । कर्णाली प्रदेशमा ४ जना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । 

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कोरोना पृष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषाका १-१ जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका १-१ जना व्यक्ति रहेका छन् । 

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ । भने जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधबार ८ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६८ पुगेको छ । भने कर्णालीमा पृष्टी भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ । कर्णालीमा हालसम्म १८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३६ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनालाई कोरोना पृष्टि भएको छ । यस्तै सल्यानका १ सय ६३, सुर्खेतका ३ सय १५, जाजरकोट ११, कालिकोट ४४, जुम्लामा २८ र अन्य प्रदेशका २२ जनामा कोरोना पृष्टि भएको छ ।  

प्रतिक्रिया