गुराँस गाउँपालिकालाई सहयात्रा परियोजनाले दियो स्वास्थ्य सामग्री

गुराँस गाउँपालिकालाई सहयात्रा परियोजनाले दियो स्वास्थ्य सामग्री

दैलेख असार ११ गते ।
दैलेखको गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा– दोस्रो परियोजनाले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । एन नाइन्टी फाइभ मास्क, सेनीटाइजर लगाएतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । कोरोनाविरुद्धको औषधि उपकरण तथा सामग्री सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले बताए ।

प्रतिक्रिया