रानीमत्ता प्रहरी चौकीलाई सहयात्राको सहयोग

रानीमत्ता प्रहरी चौकीलाई सहयात्राको सहयोग

दैलेख असार १३ गते ।
जिल्लाको गुराँस गाउँपालिका स्थित रानीमत्ता प्रहरी चौकीलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा– दोस्रो परियोजनाले सामग्री उपलब्ध गराएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा उक्त सामग्रीहरु उपलब्ध गराईएको बताईएको छ । ती सामग्रीहरु शनिवार हस्तान्तरण गरिएको छ ।
एक हजार लिटर क्षमताको ट्यांकी, २० वटा पलाष्टिक कुर्ची, ५ वटा डोरमेट, २ वटा टेवल, एक वटा अफिस दराज प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले बताए । बिसीका अनुसार ४६ हजार ८ सय ९५ रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो ।
‘समाजमा व्याप्त बाल विवाह अन्त्य गर्न नेपाल प्रहरीको सक्रियता महत्वपूर्ण रहन्छ,’ बिसीले भने ‘प्रहरी कार्यालय व्यवस्थापनमा साधन स्रोत सम्पन्न बनाउन सहयोग गरेका हौ ।’

प्रतिक्रिया