पञ्‍चेबाजाको तालमा असारे गीत गायर धान दिवस मनाइयो (फोटो फिचर)

पञ्‍चेबाजाको तालमा असारे गीत गायर धान दिवस मनाइयो (फोटो फिचर)

हिक्मतबहादुर नेपाली
दैलेख असार १५ गते ।
जिल्लाको नारायण नगरपालिका १ गहतारीमा पञ्चेबाजासहित रोपाइँ गरिएको छ । वडा कार्यालयको आयोजनामा १७ औँ राष्ट्रिय धान दिवसका अवसर पारेर पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाइँ गरेका हुन् ।

नारायण नगरपालिकामा पहिलो पटक राष्ट्रिय धान दिवस मनाइएको हो । सदरमुकाम नजिकै रहेको गहतारीमा स्थानीय किसान, नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, जिल्ला कृषि विकास कार्यालय लगाएत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारी रोपाइँमा सहभागी थिए ।  राष्ट्रिय धान दिवसका अवसरमा नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्याक्टर, हिलो बनाउने र धान रोप्न मेसिन स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई उपलब्ध गराएको मेयर रत्नबहादुर खड्काले बताए ।

मेसिनहरु हस्तान्तरण गरेसँगै मेयर खड्काले नगरपालिकाले कृषिमा नयाँ प्रविधितर्फ जोड दिएको बताए ।दैलेख जिल्लाभर ६ हजार ५ सय १७ हेक्टरमा धान खेती गरिन्छ । सोमबारसम्म जिल्लाभर ३५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । समयमै पानी परेका कारण अहिलेसम्म ३५ प्रतिशत रोपाइँ सकिएको पाण्डेको भनाइ छ ।विगतका वर्षको तुलनामा यो वर्ष खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको प्रमुख पाण्डेले जनाए । 

प्रतिक्रिया