खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख सहित चार जना घुस सहित प्रक्राउ

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख सहित चार जना घुस सहित प्रक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा जारी विज्ञप्ती

हिक्मतबहादुर नेपाली
दैलेख असार १७ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । उनीहरुले दैलेखको भगवतीमाई गाउँपालिका-३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग धुस मागे गरेको जनाएको छ।

कार्यालयका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव-इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टोलीले निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर विरेन्द्र चन्दलाई खटिगएको कार्यस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । 

नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ।आयोगले निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव-इन्जिनियर विरेन्द्र चन्द, सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको छ । 

प्रतिक्रिया