जातीय विभेदको सवालमा गैरदलित समुदायको सहयोग महत्वपूर्ण

जातीय विभेदको सवालमा गैरदलित समुदायको सहयोग महत्वपूर्ण

दैलेख असार २४ गते ।
अधिकर्मी पत्रकार अमर सुनारले जातीय विभेद सवालमा गैरदलित समुदायको सहयोग अझैं बढाउदै जानुपर्ने बताएका छन् । दुल्लू नगरपालिका वडा नं. २ ले बडापोखरामा आयोजना गरेको दलित बालबालिकालाई पोशाक वितरण तथा अभिभावक शिक्षा कार्यक्रममा सुनारले यस्तो बताएका हुन् । कार्यक्रममा सिल्पी समाजका संयोजक बखत नेपालीले दलित समुदायको जीवन स्तर उठाउन आर्थिक र शैक्षिक विकास आवश्यक रहेको बताए ।
त्यसबखत नेकपाका जिल्ला नेता नयाराम थापाले समाजका विकृति र बिसंती हटाउन माओवादी जनयुद्धले ठूलो योगदान दिएको बताए । उनले परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको बताए ।
द्रोणाचल शिक्षा क्याम्पसका अध्यापक आत्मप्रसाद उपाध्यायले परापूर्वकालमा सत्ता जोगाउन बनाइएका संस्कारकोे दोष ब्राह्मण समुदायलाई थोपार्न नहुने तर्क राखे ।
दुल्लू नगरपालिका वडा नं.२ की वडा महिला सदस्य रामसरा बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानेश्वर मावि काफलपानीका विव्यस अध्यक्ष जीतेन्द्र थापाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया