सिटिजन लाइफद्धारा मृत्युदाबी बीमा रकम हस्तान्तरण

सिटिजन लाइफद्धारा मृत्युदाबी बीमा रकम हस्तान्तरण

दैलेख असार २६ ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दैलेखको आठबिस नगरपालिका वडा नम्बर ७ का स्वर्गिय जया बहादुर कामीकी श्रीमती भरु कामीलाई मृत्युदाबी बापतको बिमा रकम भुक्तानी गरेको छ । १ लाख रुपैयाको बिमाकं रकम राखेर बिमा गरेका उनले कम्पनीमा २ वटा बिमा किस्ताबाट १४ हजार बराबरको रकम भुक्तानी गरेका थिए ।
गत माघमा लडेर ज्यान गुमाएका उनका श्रीमती भरुलाई मृत्युदाबी बापतको रकम भुक्तानी गरिएको हो । उनलाई बिमाकं १ लाख, दुर्घटना मृत्यु बापतको १ लाख तथा काजक्रिया खर्च बापतको २५ हजार र ८ हजार बोनस गरि हुने कुल रकम २ लाख ३३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । शुक्रवार आठबिस नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले उक्त रकम हस्तान्तरण गरिन् । रकम हस्तान्तरणमा उपमेयर बोहोराले पहिले मानिसहरुले धेरै चासोे नदिने बिषय बनेको बिमा अब मानिसहरुको अभिन्न अगं बन्न थालेको बताउँदै कम्पनीलाई धन्यवाद व्यक्त गरिन् ।
सिटिजन लाईफ इन्स्योरेन्सका एरिया ब्रान्च म्यानेजर जिवन धामीले सहारा बिहिन बनेको उक्त परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन पाउनु राम्रो कुरा भएको उल्लेख गर्दै कम्पनीले नेपाली बिमा बजारमा उत्कृष्ट बिमा योजना र सेवा प्रदान गर्दै आईरहेको बताए । आगामी दिनमा पनी मानिसहरुको आर्थिक मेरुदण्डका रुपमा कम्पनी अघि बढ्नेमा उनेको जोड थियो ।

प्रतिक्रिया