बाढी पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या

बाढी पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या

फाईल तस्विर

काठमाण्डौ‌ । बाढी पहिरोमा परेर हराईरहेकाको खोजी र उद्धारमा समस्या भएको छ ।

पानी परिरहेकोले खोजी र उद्धारमा समस्या भैरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले काम गर्न नसकिएको महाशाखाकी प्रमुख ईन्दु घिमिरेले जानकारी दिनुभयो ।

धरमपोखरा र तल्लोडुङ्गेश्वर प्रहरी चौकीलाई सहयात्राले दियो कम्प्युटर र प्रिन्टर

प्रभावित क्षेत्रमा मान्छे हिँड्ने बाटो समेत पहिरोले बगाएको र जनशक्ति थप गरिए पनि जान समस्या भएको महाशाखाकी प्रमुख घिमिरेले बताउनुभयो । गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाढी पहिरोमा परी २५ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । ३७ जना हराईरहेका छन् ।

सिटिजन लाइफद्धारा मृत्युदाबी बीमा रकम हस्तान्तरण

म्याग्दीमा मात्रै ३१ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा अस्ति बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । बाढी पहिरोका कारण विभिन्न ११ जिल्ला प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया