इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

काठमाडौँ असार २८ गते । सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् ।बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएकाे छ ।

प्रतिक्रिया