किसानको घरमै पुगेर अनुदान रकम भुक्तानी

किसानको घरमै पुगेर अनुदान रकम भुक्तानी

दैलेख असार २८ गते ।
किसानहरुले अनुदान रकम भुक्तानी पाउन सरकारी कार्यालयमा पटक पटक धाउनुपर्ने, लामो समयसम्म कार्यालयले अल्झाउने जनगुनासो बढ्दो छ । सरकारी कार्यालयले विभिन्न वाहानामा किसानहरुलाई हैरानी बनाउने गरेको गुनासोहरुलाई चिर्दै दैलेखका किसानहरुलाई अनुदानको रकम घरमै हस्तान्तरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेखले किसानहरुलाई घरमै अनुदान रकम प्रदान गरेको गरिररहेको छ । कुखुरा पालन, बाख्रा पालनका लागि अनुदान पाएका किसानहरुलाई कार्यालयले घरमै पुगेर अनुदान रकम प्रदान गरेको हो ।
शनिवार दैलेखको विभिन्न स्थानीय तहका तीन जना किसानको व्यवसाय अनुगमनसँगै अनुदान रकम हस्तान्तरण गरिएको छ ।

कार्यालयका कर्मचारीहरुको टोलीले किसानको घरदैलोमै पुगेर अनुदान रकम प्रदान गरेका हुन् । दुल्लु नगरपालिका–८ स्थित विजय पोल्टी फर्म, भैरबी गाउँपालिका–२ को समुन एग्रो फर्म र भैरबी गाउँपालिका–३ को सुवास कुखुरा तथा पशुपालन फर्मलाई अनुदान रमक प्रदान गरिएको हो । विजय पोल्टी फर्म र सुवास कुखुरा तथा पशुपालन फर्म कुखुरा पालन तथा समुन एग्रो फर्मले बाख्रा पालन व्यवसाय सञ्चालनका लागि अनुदान पाएका थिए ।
कर्णाली प्रदेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाका कलम महतरा, पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेखका कुमार रखाल मगर, उदय खड्का सहितको टोली अनुदान हस्तान्तरणका लागि किसानको घरमै पुगेका थिए । दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदम कुमारी बिस्ट, भैरबी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवी भण्डारी लगाएतको उपस्थितीमा अनुदान रकम हस्तान्तरणसँगै व्यवसायको स्थलगत अनुगमन गरेको छ ।
कर्णाली प्रदेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाका कलम महतरा, पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेखका कुमार रखाल मगर, उदय खड्का सहितको टोलीले आदर्श मावी घुम्नेखालीको प्राविधिक शिक्षालयको निर्माणाधिन भवन र बाख्राको खोर अनुगमन गरेको थियो ।

प्रतिक्रिया