गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

अछाम असार २९ गते । अछाममा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। पञ्चदेव बिनायक नगरपालिका- ८ बारलाकी २१ वर्षीया रमना विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल मंगलसेनमा ल्याए पनि उपचार सम्भव नभएपछि रेफर गरिएको हो । सुत्केरी व्यथा लागेको र शरीर काप्नेलगायत अन्य स्वास्थ समस्या देखिएपछि रमनालाई थप उपचारका लागि सुर्खेत लगिएको प्रजिअ पुण्य विक्रम पौडेले बताए ।

जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला अस्पताल अछामको पहलमा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय कैलालीको आर्थिक सहयोगमा मध्यपश्चिम पृतना हेटक्वाटर सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । कोरोनाको कहर र लकडाउनको यो चार महिनाको अवधिमा जिल्लामा ५ जना सुत्केरी तथा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको प्रजिअ पौडेलले बताए । 

प्रतिक्रिया