पहिरोमा पुरिएका तीनजनाको उद्धार

पहिरोमा पुरिएका तीनजनाको उद्धार

दैलेख साउन २ गते। ठाँटीकाँध गाउँपालिका– ३ विशाला खुडखुडीमा बिहीबार राति वर्षातसँगै घरमाथिबाट आएको पहिरोले रंगबहादुर आलेको घर बगाएको छ । पहिरोमा पुरिएका रंगबहादुर आलेका श्रीमती र छोरालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका तीनजनाको अवस्था चिन्ताजनक छ ।

चन्द्रा आलेको ढाड भाँचिएको वडा नं. ३ का वडाध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिए ।  बाबु र छोराको अवस्था पनि चिन्ताजनक रहेको शाहीको भनाइ छ । घाइतेलाई उपचार व्यवस्थापन र उद्धारका लागि शुक्रबार दिउँसो ३ बजे मात्र प्रहरी उक्त स्थानमा पुगेको छ ।

वर्षातले सडक पूरै भत्काएका कारण एम्बुलेन्स जान नसक्ने अवस्था आएको र अहिले खुडखुडीका अन्य १३ घर उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले जानकारी दिए ।  लगातारको वर्षातले वडा नं. ३ बाहाकोट बजारका पाँच घर जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर शाहीले बताए ।  वडा नं. ४ मा आएको पहिरोले गोरु र भैंसी बगाएको छ ।  

प्रतिक्रिया