सुरक्षित मातृत्व सञ्जालद्धारा स्वास्थ्य सामग्री सहयोग

सुरक्षित मातृत्व सञ्जालद्धारा स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सेवा कार्यालयमा स्वास्थ्य सामग्री प्रदान गरिँदै । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : सुरक्षित मातृत्व सञ्जाल नेपाल महासंघले स्वास्थ्य सामग्री सहयोग गरेको छ । अस्पताल, स्थानीय तहका स्वास्थ्य संस्था तथा प्रसुती गृहलाई लक्षित गरेर स्वास्थ्य सेवा कार्यालय दैलेख, दुल्लु अस्पताल, भैरबी गाउँपालिका र महाबु गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेको हो । महासंघका केन्द्रिय सदस्य सिता कुमारी रानाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । महासंघले स्वास्थ्य सेवा कार्यालय दैलेख, दुल्लु अस्पताल, भैरबी गाउँपालिका र महाबु गाउँपालिकामा गरी १८ सेट पीपीई, २५ लिटर सेनीटाइजर, चार थान थर्मल गन सहयोग गरेको हो ।
यस्तै ११ प्याकेट पन्जा, २० प्याकेट पेपर मास्क, चार जोडी बुट, एक सय वटा एन नाइन्टी फाइभ मास्क, एक सय वटा साबुन, एक सय २० प्याकेट सेनेटरी प्याड सहयोग गरेको केन्द्रिय सदस्य रानाले बताइन् । रानाका अनुसार फेस सिल्ड तथा औषधीहरु सिटामोल र मेट्रो समेत प्रदन गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण सेवा दिन बाध्य भएको अवस्थामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सहयोग गरिएको केन्द्रिय सदस्य रानाले बताइन् ।
महासंघका केन्द्रिय अध्यक्ष एवं नेपाली कंग्रेसकी नेतृ डा.आरजु राणा देउवाले दैलेखमा कोरोना रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउन स्वास्थ्य सामग्री तथा औषधीहरु पठाएको बताइन् । सुरक्षित मातृत्वको क्षेत्रमा लामो समय देखि क्रियाशिल डा. देउवाले स्वास्थ्य सामग्रीले कोरोना भाइरस संक्रमणबाट बच्न र अन्य जोखिम न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिएको बताइन् ।

प्रतिक्रिया