बाल विकास शिक्षकहरुलाई प्रारम्भिक साक्षरता तथा गणितिय सिप तालिम

बाल विकास शिक्षकहरुलाई प्रारम्भिक साक्षरता तथा गणितिय सिप तालिम

दैलेख साउन १० गते ।
जिल्लाको गुराँस गाउँपालिकाका बाल विकास शिक्षकहरुलाई प्रारम्भिक साक्षरता र गणितिय सिप सम्बन्धि तालिम प्रदान गरिएको छ । गुराँस गाउँपालिका वडा नम्बर १, २ र ३ का १५ जना बाल विकास शिक्षकहरुलाई ५ दिने तालिम प्रदान गरिएको हो । गुराँस गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा–दोस्रो परियोजनाले तालिम प्रदान गरेको हो ।
बाल विकास शिक्षकहरुको बाल विकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणित सिपको महत्वको बारेमा जानकारी गराउने र सामाग्री निर्माण गर्न क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम प्रदान गरिएको सहयात्रा दोस्रो परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलले जानकारी दिए । तालिम गाउँपालिकाका दुई स्थानमा सञ्चालन सञ्चालन हुनेछ । सोहि अनुसार पहिलो चरणमा वडा नम्बर १, २ र ३ लाई लक्षित गरी पातिकान्लामा सञ्चालन भएको तालिम वडाध्यक्ष गंगाराम खत्रीको उपस्थितीमा समापन भएको हो । पातिकान्ला स्थित सरस्वती मावीको हलमा तालिम सञ्चालन भएको थियो । तालिमको प्रमुख प्रशिक्षक राधा कुमारी मल्ल रहेको बताईएको छ ।

प्रतिक्रिया