फोहोर संकलन गर्न कन्टेनर सहयोग

फोहोर संकलन गर्न कन्टेनर सहयोग

दैलेख साउन १५ गते ।
क्लिन सिटी अफ दैलेखले दैलेख सदरमुकाम क्षेत्रको फोहोर संकलन गर्न कन्टेनर सहयोग हस्तान्तरण गरेको छ । दैलेख सदरमुकामलाई स्वच्छ सुन्दर बनाउन कन्टेनर सहयोग गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच क्लिन सिटी अफ दैलेखले नारायण नगरपालिका वडा नम्बर १ लाई कन्टेनर हस्तान्तरण गरेको हो । क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलाई कन्टेनर हस्तान्तण गरेका छन् ।
सदरमुकाममा फोहोर संकलन गर्न सहयोग गरिएको संयोजक हमालले बताए । यस अघि सञ्चालन गरिएको सन्देश मुलक कार्यक्रमले सदरमुकाम क्षेत्र सफा भएको संयोजक हमालले बताए । अहिले कुहिने, नकुहिने र जल्ने फोहोर संकलन गर्नका लागि कन्टेनर सहयोग गरिएको उनले बताए । जल्ने फोहोर संकलन गरेर जलाउने, नकुहिने फोहोरलाई पुन प्रयोगमा ल्याउने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर कृषिमा प्रयोग गरिने संयोजक हमालको भनाई छ ।
नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले कन्टेनरहरु सदरमुकामको मुख्य चोक लगाएतका फोहोर बढि संकलन हुने ठाउँमा राखिने बताए । वडाध्यक्ष श्रेष्ठले सामाग्री उपलब्ध गराउने क्लिन सिटी अफ दैलेखलाई धन्यवाद ज्ञापन गरे । उनले सदरमुकाममा एक घर एक गमला कार्यक्रमलाई मद्धत पुग्ने उनको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया