दुई सय बढी संक्रिय संक्रमित जिल्लामा कडाइ

दुई सय बढी संक्रिय संक्रमित जिल्लामा कडाइ

काठमाडौं साउन २१ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका  जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका  जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । 

‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन भोलि मिति २०७७/४/२२ गतेदेखि लागुहुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, प्रवक्ता बुढाले भने, ‘यस वर्गमा पर्ने जिल्लाका सहरी इलाकामा जिल्ला भित्रसमेत बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमन बन्द गर्ने ।’ 

यस विषयमा गृहमन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको उनले जानकारी दिए ।  गृहमन्त्रालयले काठमाडौं प्रवेश गर्ने ढुवानीबाहेकका गाडीलाई साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । सँगै मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने निर्णयसमेत गरेको छ ।  त्यसैगरी कोरोना संकटकै बीचमा सामूहिक भोज र समारोह भइरहेको भन्दै त्यसलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।  

गृहमन्त्रालयको विज्ञप्ति जस्ताको तस्तै  

प्रतिक्रिया