कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, १८ सय ८० डिस्चार्ज

कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, १८ सय ८० डिस्चार्ज

दैलेख साउन २६ । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार सोमबार २४ जनामा संक्रमण पुष्टि भएको छ । 

दैलेखमा १७, सल्यानमा ६ र सुर्खेतमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या दुई हजार ३ पुगेको हो । कर्णालीमा सबैभन्दा बढी दैलेखमा ९ सय ६० जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए । यस्तै सुर्खेतमा ५ सय ४७, सल्यानमा २ सय ३८, रुकुमपश्चिममा २६, हुम्लामा ५, मुगुमा १०, डोल्पामा ४, जुम्लामा ४५, कालिकोटमा ७६, जाजरकोटमा ३२ र अन्य प्रदेशका ६० जना रहेका छन् । 

कोरोना जित्नेको संख्या एक हजार ८ सय ८० जना छ । कर्णालीका १० वटै जिल्लाबाट एक हजार ८ सय ८० जना संक्रमित कोरोना जीतेर डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको सख्या एक सय २३ जना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया