कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुग्याे

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुग्याे

पीसीआर परीक्षणमा खटिएका दैलेख पीसीआर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी ।

सुर्खेत २७ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, सर्लाही र धनुषाका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुगेको छ ।

यस्तै, कर्णालीमा मंगलबार थप ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८९१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ११४ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया