कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ८७ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ८७ पुग्यो

सुर्खेत भदाै २ गते ।  कर्णाली प्रदेशमा थप ६ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दैलेख अस्पताल-दैलेख र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला-रुकुम (पश्चिम)मा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पृष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण हुनेमा दैलेखका ५ जना र रुकुमपश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ८७ पुगेको छ ।कर्णालीमा पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको स्वाब परीक्षण गरिएको थियो ।जसमध्ये थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णालीमा हालसम्म ४८ हजार ६ सय ३१ जनामाको पीसीआर परीक्षण गरिएको छ । एक हजार नौ सय ३२ जना कोरोनामुक्त भएका छन्।कोरोनाले ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया