गैरागाउँ पहिरो : बेपत्ता बालकको शव फेला

गैरागाउँ पहिरो : बेपत्ता बालकको शव फेला

दैलेख भदाै ५ गते । जिल्लाको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलवार राति गएको पहिरामा परी बेपत्ता भएका ११ बर्षिय बालक लोकेश कठायतको शव फेला परेको छ । बुधबारदेखि निरन्तर खोजीपछि बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बिहीबार साँझ मात्र पहिरो गएको ठाउँमा कमिजको केही छेउ देखिएको आधारमा पहिरो पन्छ्याउँदा बालकको शव फेला परेको स्थानीय दानबहादुर कठायतले जनाए ।
ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलवार गएको पहिरोमा लोकेशसंगै सुतेका १२ बर्षिय बालक जनक कठायत मृत मंगलबार राति नै भेटिएका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार उक्त पहिरोमा परेर गम्भिर घाइते भएका ३ जनालाई बुधबार हेलिकप्टर मार्फत उद्धार गरि कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याईएको थियो । उनिहरु उपचारपछि घर फर्किएका छन् । पहिरोमा परी सामान्य घाइते भएका दुई जनाको गाउँमै उपचार गरिएको थियो ।
वडाले ग¥यो सहयोगको अपिल

अबिरल वर्षातपछि गएको पहिरोले ठूलो धनजनको क्षति गरेपछि वडा कार्यालयले राहतका लागी सहयोग गर्न अपिल गरेको छ । वडाध्यक्ष रमेशबहादुर सिजापतिले भदौ २ गते राति गएको पहिरोमा परी दुई जना बालककोको ज्यान गएको, पाँच जना घाईते भएकोले पिडित परिवारका लागी राहतका लागी अपिल गरेका छन् । वडाध्यक्ष सिजापतिले पहिरो पीडित परिवारको राहतका लागी विभिन्न संघ संस्था, राजनीतिक दल, समाजसेवी लगाएतलाई सहयोग गर्न अपिल गरेका छन् । पहिरोले ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका १० घर पूर्ण रुपमा क्षती गरेको छ भने २० घर उच्च जोेखिममा परेको छ ।

प्रतिक्रिया