व्यवसायीले दिए अटो सेनिटाइजर

व्यवसायीले दिए अटो सेनिटाइजर

दैलेख भदौ १० गते ।
कोरोना संक्रमण रोकथामका लागि प्रहरीको सक्रियताको सम्मान गर्दैै प्रहरी सुरक्षाकर्मी र प्रहरीमा आउने सेवाग्राहीहरुलाई कोरोना संक्रमणबाट जोगाउन दैलेखका व्यापारी हरि कार्कीले ९ हजार मूल्यको अटोसेनिटाइजर मेसिन निशुल्क उपलब्ध गराएका छन् । हत्केला थापेपछि एक पटकलाई दुबै हातको सेनिटाइज गर्न पुग्ने गरी अटोसेनिटाइजले नियोफ्रेस झोल हत्केलामा झर्छ । करिव ७ सय रुपैंया लिटर मूल्य पर्ने एक लीटर नियोफ्रेसले ७ सय जनालाई हात सफा गर्न पुग्छ ।
अटोसेनिटाइजर मेसिनमा नियोफ्रेस झोल राख्ने विधि, हत्केला थापेपछि आफै नियोफ्रेस हातमा झर्ने प्रक्रिया यसको प्रयोग विषयमा व्यापारी हरि कार्कीले प्रयोगात्मक अभ्यास गरेर देखाएका थिए । व्यापारी कार्की मिलन इलेक्ट्रोनिक्सका प्रोप्राइटर हुन् ।
जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले अटोसेनिटाइजर मेसिन प्रदान गर्ने कार्कीलाई धन्यवाद दिए । नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले अटोसेनिटाइजर मेसिनको उचित सदुपयोग गर्न सुझाव दिए ।

प्रतिक्रिया