थप १२ सय २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ हजार ५६१ पुग्याे

थप १२ सय २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ हजार ५६१ पुग्याे

दैलेख भदाै १४ गते । नेपालमा पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३४८ महिला र ८७३ पुरुष गरेर १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा  १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ८२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ८२  हजार ३४३ पुगेको छ।

प्रतिक्रिया