नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, दैलेखका डिएसपी ओलीको नुवाकोट सरुवा, दैलेखमा अनुपम श्रेष्ठ आउँदै

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, दैलेखका डिएसपी ओलीको नुवाकोट सरुवा, दैलेखमा अनुपम श्रेष्ठ आउँदै

दैलेख भदाै १५ गते । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।

दैलेखबाट ओली जाँदै, श्रेष्ठ आउँदै

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठ आउने भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा कार्यरत श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएको हो ।

सरूवा विवरण हेर्न यो लिंक क्लिक गर्नुहोस् ।

https://www.nepalpolice.gov.np/images/documents/transer/dsp_saruwa-2077-05-15.pdf

प्रतिक्रिया