मृत्युपछि कोरोना पुष्टि

मृत्युपछि कोरोना पुष्टि

धरान भदाै १६ गते । सोमबार मृत्यु भएका धरान ११ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निमोनियाले मृत्यु भएपछि उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएको धरानका मेयर तिलक राईले बताएका छन् । 

निमोनियाका कारण वृद्धको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको  पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको  छ । मृतक धरान ११ मंगलबारे चोकदेखि नजिकै भानु मार्गमा डेरा गरी बस्थे । उनलाई ज्वरो र निमोनिया भएको थियो । मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले घरमा नै पुगेर ब्लड लिएको पनि पाइएको छ ।

ती मेडकल सञ्चालकले मंगलबार बिहानै पसल खोलेर धेरैलाई औषधि बिक्री गरेको पनि पाइएको धरान ११ का अध्यक्ष बाबलाल लामाले बताए । योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि धरान १६ का आमा छोरा र धरान १५ का दुई पुरुष र एक महिलाको मृत्यु भइसकेकेो छ । 

प्रतिक्रिया