प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र ११ वटै तहलाई मागपत्र

प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र ११ वटै तहलाई मागपत्र

दैलेख भदौ १९ गते ।
जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले प्रधानमन्त्री केपी शर्मा ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र दैलेखका ११ वटै स्थानीय तहलाई माग पत्र बुझाएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत माग पत्र बुझाएको छ । संघका अध्यक्ष कविराज खत्रीको नेतृत्वमा गएको टोलीले माग पत्र बुझाएको हो । दैलेख जिल्लाका लघु, घरेलु तथा कृषि उद्यमीका समस्याहरु तत्काल सम्बोध गर्न प्रधानमन्त्री, कर्णाली प्रदेशका मूख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र दैलेख जिल्लाका ११ वटै स्थानीय तहलाई माग पत्र बुझाएको हो ।
कोरोना भाइरस (कोभिड–१९) प्रभावितको उच्च जोखिममा परेको दैलेख जिल्लाका लघु उद्यमीहरु ठूलो समस्यामा परेको र सरकारले कुनै पनि राहतका लागि सहयोग नगरेको, वित्तिय संस्थाहरुले ब्याज, किस्ता मात्र अशुल्न प्रयास गरेको तर ऋण लगानी नगरेको, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, आय आर्जनमूलक कार्यक्रम आए पनि स्वरोजगारी सृजना गर्ने यस्ता कार्यक्रमहरु संचालन नगरेकाले माग पत्र बुझाउनु परेको अध्यक्ष खत्रीले जानकारी दिए ।
माग पत्रमा दैलेखलाई कोरोना प्रभावित जिल्ला घोषणा गरी आयआर्जन मूलक कार्यक्रम लागु गर्र्नुपर्ने उल्लेख छ । यस्तै लघु, घरेलु, कृषि उद्यमीहरुबाट उठाईदै आएको सबै प्रकारको कर दुई वर्षका लागि छुट गर्न माग गरिएको छ । त्यसैगरी जिल्ला स्तरिय औद्योगिक ग्राम, पालिका स्तरिय औद्योगिक ग्राम, कोसेली घर, स्थानीय कृषि उपज संकलकेन्द्र निर्माण र स्थापना गर्न माग गरिएको छ ।
माग पत्रमा दैलेख सुर्खेत सडकखण्डलाई स्तरउन्नती गर्न, परियोजना र ग्रामीण क्षेत्रको जग्गा धितो राखेर सुलभ ब्याजदरमा लघु उद्यमीलाई ऋण उपलब्ध गराउनुपर्ने समेत उल्लेख छ । मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले उठाएका मागहरु जायज भएकाले ती मागहरुलाई सम्बोधन गर्न आफनो तर्फबाट प्रभावकारी भूमीका निर्वाह गर्ने बताए ।

file:///C:/Users/Gurans/Desktop/lagu.pdf

प्रतिक्रिया