उत्थान परियोजनामार्फत दुल्लु नगरमा यसरी हुँदैछ काम

उत्थान परियोजनामार्फत दुल्लु नगरमा यसरी हुँदैछ काम

दैलेख भदौ १८ गते ।
जिल्लाको दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । परियोजनाले दुल्लुका वडा नम्बर १, २, ३, ४ र ९ लाई समेटेको छ । परियोजनाले २६ वटा नागरिक समाज संघ संस्थाहरु पहिचान गरिसकेको परियोजनाका सामुदायिक विकास सहजकर्ता लोकेन्द्र पौडेलले बताए । परियोजनाले ५ सय ३८ घरधुरीका ३ हजार २२ जनालाई समेटेको पौडेलले जानकारी दिए । नागरिक समाज संघसंस्थाहरुको अर्थपूर्ण सहभागिताद्धारा समावेशी, दीगो र जलवायु समानुकुलित आर्थिक उन्नतीमा जोड दिनका साथै नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरुलाई उक्त कार्यका लागि जवाफदेहि बनाउने उदेश्य परियोजनाले लिएको छ ।
परियोजनाले मानव अधिकारको निरन्तर अभ्यास र जलवायुमैत्री, स्थानीय शासन तथा कार्यक्रमको कार्यान्वयन गर्नको लागि नागरिक समाज संस्थाहरुको अर्थपुर्ण सहभागिता र तिनका सञ्जाल, संगठन र महासंघको क्षमता अभिवृद्धि हुने, नागरिक समाज संघसंस्थाहरुको सहयोगमा जलवायुमैत्री कृषि प्रविधिहरुको प्रदर्शन, प्रवद्र्धन र थालनीमा जोड दिदै लक्षित समुहको जीविकोपार्जनमा सुधार हुने र जलवायुमैत्री कृषि प्रविधिहरुको प्रवद्र्धन गर्न महिला, युवा तथा सीमान्तकृत समुहहरुको अर्थपुर्ण सहभागिताका लागि उपयुक्त वातावरणको निर्माण गरिने विशिष्ट उद्देश्यहरु तय गरेको छ ।


परियोजनाले हालसम्म हरित कृषि प्रविधि प्रवद्र्धन सहयोग कार्यक्रम अन्तरगर्त दुई सय ७२ कृषकलाई खुर्सानी, टमाटर, काक्राको बिउ तथा ७० जना कृषकलाई पोलिहाउसमा टमाटर खेती सहयोग गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । यो सहयोग अन्तरगर्त वडा नं. १ का ५८, २ का ६७, ३ का ४०, ४ का ७५ र ९ का ३२ जना लाभान्वित भएका छन् ।
हरित कोष स्थापनाका लागि नगरपालिका स्तरिय समन्वय बैठक अन्तरगर्त दूल्लू नगरपालिकासंगको समन्वयमा नगरपालिका स्तरिय हरित कोष स्थापनाका लागि बैठक सम्पन्न भईसकेको छ । नगरपालिका अन्तर्गत कृषि शाखा अन्तर्गत रहने गरी हरितको स्थापना गर्ने र कोष संचालन निर्देशिका निर्माण कार्य भईरहेको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्य सहयोग अन्तरगर्त दूल्लू नगरपाललको समन्वय र सहजिकरणमा दुई सय ६६ अति विपन्न घरधुरीलाई राहत स्वरुप खाद्यान्न सहयोग तथा क्वारेन्टाइन र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । यस अन्तरगर्त वडा नं. १ का ६९, २ का २८, ३ का २२, ४ का २९, ५ का ८३, ६ का २४ र ९ का ११ घरधुरी लाभान्वित भएका छन् ।


परियोजना मार्फत मोबाइल सम्पर्कको माध्यमबाट एक सय ५१ जना कृषकहरुलाई टमाटर खेती सम्बन्धी प्राविधिक सहयोग गरिएको छ । यस्तै प्रचार–प्रसार सामाग्री, पोष्टरको माध्यमबाट टमाटर खेतीमा ७० जना कृषकलाई सहजिकरण गरिएको छ भने नगरपालिका तथा वडा कार्यालयहरुसंगको समन्वयमा नागरिक समाज संघसंस्थाहरुको तथ्यांक संकलन भएको परियोजननाले जनाएको छ । मोबाइल एप्लिकेशनद्धारा खाद्यान्न वितरण गरिएका घरधुरीहरुको सर्वेक्षण गरेको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
विभिन्न सरोकारवालाहरुसंगको सहकार्य तथा सहलगानीमा परियोजना क्षेत्रका कृषकहरुको छनोट, बिउ वितरण तथा प्राविधिक कार्यमा दूल्लु नगरपालिकाको वडा कार्यालयहरु तथा कृषि शाखाबाट प्राविधिक तथा सहजिकरण सहयोग भईरहेको छ । स्थानीय तहबाट कोभिड– १९ का कारण उत्पन्न संकटकालिन अवस्थामा एकल महिला, एचआइभि संक्रमित, अपांगता भएका घरधुरी, ज्याला मजदुरी गरीखाने तथा अतिविपन्न घरधुरीहरुको तथ्यांक संकलनमा सहयोग तथा सहजिकरण भएको छ । यस्तै छनोट भएका दुई सय ६६ घरधुरीहरुलाई खाद्यान्न तथा क्वारेन्टाइन र स्वास्थय संस्थालाई स्वास्थ्य सामाग्री वितरणमा समन्वय तथा सहकार्य गरिएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया