बिभत्स रुपमा काटिए गोरु (भिडियो सहित)

बिभत्स रुपमा काटिए गोरु (भिडियो सहित)

हिक्मतबहादुर नेपाली
दैलेख भदाै २६ गते ।
दैलेखमा दुई वटा गोरु बिभत्स रुपमा काटिएका छन् । भैरबी गाउँपालिका–२ रावतकोटको माझवाडाका स्थानीय कलम थापाको दुई वटा गोरु अज्ञात समुहले धारिलो हरियार प्रयोग गरी बिभत्स रुपमा काटेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । बिहीवार राती थापाले आफ्नै बारीमा बाँधेको गोरुको शरीरका विभिन्न भाग काटिएको अवस्थामा शुक्रवार विहान फेला परेको थियो ।
दुई वटै गोरुको खुट्टा, पुच्छर, गर्धन लगाएतका भाग बिभत्स रुपमा काटिएको प्रहरी निरीक्षक आचार्यले जनाए । दुई वटा गोरु मध्ये सेतो रंगको गोरुका अगाडीका दुवै खुट्टा काटिएका छन् । गोरु हत्या प्रयासको घटनामा शंकास्पद् दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक आचार्यले जनाए ।
के छ कानुनी व्यवस्था ?
कसैले पनि गाई वा गोरु मार्न वा कुट्नसमेत पाईदैन् मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसूरको व्यवस्था गरिएको छ । ऐनको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नपाइने व्यवस्था गरिएको छ । ऐनमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउन नपाइने व्यवस्था छ । जुनसुकै कारणले पनि गाई, गोरु मारे तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ । यसका साथै कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिना कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया