१३ वर्षीया बालिकामाथि बलात्कार

१३ वर्षीया बालिकामाथि बलात्कार

बैतडी भदाै २६ गते । बैतडीका १३ बर्षीया जबरजस्तीकरणी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको सुर्नया गाउँपालिका ८ का ३१ बर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका २ का ३० बर्षीय वासुदेव पन्तलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र बासुदेवले जबरजस्तीकरणी गर्नमा अर्जुनलाई सहयोग गरेको भनेर आफन्तले किटानी दिएका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जैशीले जानकारी दिए।

अर्जुन र वासुदेव दुवैजना कैलालीमा बस्दै आएका र अर्जुनका ती बालिकासंग गत जेठमा भेट भएको सोही बेलादेखि फोन सम्पर्क भइराख्ने गरेको जनाईएको छ। अर्जुनलाई वासुदेवले मोटरसाइकलमा पुर्याउन सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।बुधवार बेलुका गाउँमै पुगेर बालिकालाई मोटरसाइकमा लिएर जिल्लाको सिगास गाउँपालिका ९ स्थित बित्थड भन्ने जंगलमा अर्जुनले जबरजस्तीकरणी गरेको आरोप लागेको छ। शुक्रवार इलाका प्रहरी कार्यालय पाटन पीडित बालिकाका आफन्तले जबरजस्ती करणी सम्बन्धि जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ।

जाहेरीपछि दुवैजनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए।। घटनामा संलग्न दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रवार नै ५ दिन म्याद थप गरिएको छ। पीडित बालिका आमासंग घर फर्किएकी प्रहरीले जनाएको छ। यसअघि भदौ २४ गते पनि जिल्लाको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया