स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

दैलेख भदौ २७ गते ।
डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले नौमूले गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) का बिरामीहरुको उपचारका लागि निर्माण गरिएको आइसोलेसनलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको हो ।
शुक्रवार सामाजिक सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता राना, संस्थाका कार्यसमिति सदस्य पवित्रा बादी, बाल अधिकार अनुगमन अधिकृत प्रभा विक सहितको टोलीले स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
गाउँपालिकालाई दुई सय एमएलको ३७ बोटल सेनीटाइजर, १० थान टाबेल, १०० वटा एन नाइन्टीफाइभ मास्क, ४० थान डस्बिन, १० थान स्टिलको फिल्टर, ६ वटा थर्मस, एक हजार थान सर्जिकल मास्क, ५ सय थान ग्लोब्स हस्तान्तरण गरिएको हो ।
यस्तै ५ सय लिटर ड्रम सहितको फुटअपरेटर धारा गाउँपालिकालाई दिईएको छ । खुट्टाको सहायताले धारा खोलेर हात धुन मिल्ने प्रविधिको चार वटा फुटअपरेटर धारा गाउँपालिकालाई उपलब्ध गराईएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया