२४ घण्टामा १४ को मृत्यु : थपिए १२०२ कोरोना संक्रमित

२४ घण्टामा १४ को मृत्यु : थपिए १२०२ कोरोना संक्रमित

काठमाडौं भदौ २७ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८५२ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। योसँगै कोरोना जित्नेको संख्या  ३७ हजार ५२४ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये निको हुने यो संख्या ७०.६ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।  शनिबार काठमाडौं उपत्यकामा ४३१ सहित  १२०१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा  काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो। अहिले सक्रिय सङ्क्रमितको संख्या १५ हजार दुई सय ६० छ। कुल संक्रमितको संख्या भने ५३ हजार २२० छ।  २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण गर्दा १२०१ जनाको रिपोर्ट पोजिटिभ आएको हो। अहिलेसम्म आठ लाख ३१ हजार ३६१ जनाको पीसीआर परीक्षण भइसकेको छ। 

हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ। देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेसन र छ हजार १५३ होम आइसोलेसनमा छन्। देशभर १६० सङ्क्रमित आइसोलेसनमा उपचार गराइरहेका छान्। संक्रमितमध्ये २४ जना भेण्टिलेटरमा छन्। छ जिल्लामा पाँच सयभन्दा बढी सक्रमित छन् भने सात जिल्ला संक्रमण शून्य छ।  सुनसरी, सर्लाही,  चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन्। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला संक्रमित शून्य भएका जिल्ला हुन्। 

२४ घण्टामा उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ। काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो। २४ घण्टामा मृत्यु हुनेमध्ये तीन महिला र ११ पुरुष छन्।  

प्रतिक्रिया