आज विश्वकर्मा पुजा

आज विश्वकर्मा पुजा

काठमाडौं असाेज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।

यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

नेपालको तराई जिल्लाहरुमा र भारतमा उल्लासपुर्ण तरिकाले यो पुजागरिन्छ । आजको दिन आफना मेसिन र मेसिनजन्य सामानहरुलाई राम्रो संग सफा गरी पुजागर्ने गरिन्छ । पुजाको दिन उद्योग, कलकारखान,विभिन्नकिसिमका गाडिहरु, प्रेस मेसिनलगायत सामानहरुको पुजा गरिन्छ ।

विश्वकर्मा भगवानको मुर्ती बनाइ शिल्पकार, व्यपारी, कलाकार र मजदुरहरुले विश्वर्कमा रुपी आफना हरेक मेसिन र मेसिन जन्य सामानहरुलाई पुजाआजा गरी उल्लासका साथ मनाउने गरेकोे छिन्नमस्ता शक्तिपिठका पिठाधिस महाकान्त ठाकुर बताउँछन् ।

प्रतिक्रिया