जंगलमा मृत फेला परिन् कैलालीमा कार्यरत पत्रकार

जंगलमा मृत फेला परिन् कैलालीमा कार्यरत पत्रकार

कैलाली असाेज ३ गते । कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्।घोडाघोडी नगरपालिका वडा नम्बर-४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्।

प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।

प्रतिक्रिया