कृषि संस्थाको नाममा ठगि गर्ने पक्राउ

कृषि संस्थाको नाममा ठगि गर्ने पक्राउ

ज्वाला सन्देश संवाददाता
दैलेख असोज ६ गते ।

कृषि संस्थाको नाममा ठगि गर्ने एक व्यक्ति पक्राउ गरेका छन् । गुलरिया नगरपालिका–६ बर्दियाका केशबराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । उनले दैलेखको नौमूले गाउँपालिका–२ बालुवाटारका हिमाल सिंहलाई ठगि गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पोखरेलले सिंहलाई फोन गरेर ‘म कृषि संस्थाबाट बोलेको हुँ, तपाईको नाममा हाम्रो संस्थाबाट कृषि छनौटमा परेको र त्यसका लागि सुरुमा एक लाख १९ हजार रुपैयाँ पठाउनुपर्छ, त्यसपछि ५ लाख ४ हजार रुपैयाँ पठाईदिन्छु ।’ भन्दै ठगि गरेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरी टोलीले पोखरेललाई नवलपरासी (पूर्व)बाट पक्राउ गरेको हो । पक्राउ परेका पोखरेललाई ठगि मुद्धामा दैलेख जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए । पोखरेलले आफ्नो नाम गोपाल लामिछाने भन्दै गठि गर्ने गरेको खुलेको छ । उनले अन्य धेरै व्यक्तिहरुलाई ठगि गरेको हुनसक्ने भएकाले त्यसबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले तीन बर्षपछि पक्राउ गरेको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ वईरीगाउँका २४ बर्षिय चन्द्रप्रसाद जैसीलाई कर्तव्य गरी मारेको घटनामा संलग्न डुङ्गेश्वर गाउँपालिका–६ वईरीगाउँ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातापानी सुर्खेतमा लुकिछिपी बस्दै आएका तेजेन्द्र थापा पुलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिईएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेका पुलामीलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको डिएसपी अनुपम श्रेष्ठले जनाए । सोहि मुद्धामा फरार रहेका अर्का अभियुक्त थमानबहादुर थापा मगरलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । उनि हाल प्रहरी हिरासतमा छन् ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणी मुद्दा दर्ता भई भदौ ९ गतेदेखि फरार रहेका आठबीस नगरपालिका–२ सिस्नेटोलका ३५ बर्षिय लोकेन्द्रबहादुर शाहीलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय राकमबाट खटिईएको प्रहरी टोलीले शाहीलाई घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अछामलाई बुझाईएको छ ।

प्रतिक्रिया