पहिरोले विस्थापित र जोखिममा परेका घरपरिवारलाई सहयोग

पहिरोले विस्थापित र जोखिममा परेका घरपरिवारलाई सहयोग

दैलेख असोज ७ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले पहिरोका कारण विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घरपरिवारलाई सहयोग गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले सहयोग हस्तान्तरण गरेको हो । जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर ४ कालिकास्थित उत्तिसेनीका २६ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराईएको हो ।
संस्थाका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाका अनुसार पहिरोका कारण विस्थापित भएका र पहिरोको उच्च जोखिममा रहेका सहित २६ घरपरिवारलाई सहयोग गरिएको हो । २६ वटा पाल र एक सय ३० मिटर पिफर्म सहयोग उपलब्ध गराईएको सापकोटाको भनाई छ । ‘पहिरोका कारण विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घरपरिवारलाई आपत्तकालिन सहयोग उपलब्ध गराएका हौ,’ सापकोटाले भने ।
मंगलवार राहत सहयोग हस्तान्तरण गरिएको छ । नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर, उपाध्यक्ष अमृता सिंह, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता राना लगाएतको टोलीले राहत सहयोग उपलब्ध हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया