पहिरो खस्दा दैलेख–सुर्खेत सडक अवरुद्ध

पहिरो खस्दा दैलेख–सुर्खेत सडक अवरुद्ध

तस्विर : शाहिल कुमार थापा

ज्वाला सन्देश संवाददाता
दैलेख असोज ८ गते ।

दैलेख सुर्खेतको सिमा क्षेत्र रानीमत्ता नजिकै खसेको पहिरोले यातायात अबरुद्ध भएको छ । दुईदिन देखि परेको अविरल बर्षातका कारण दैलेख र सुर्खेत जिल्लाको सिमा क्षेत्र नजिकै पहिरो खसेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा पर्ने सुर्खेत दैलेख सडकखण्डमा पहिरो खसेको प्रहरी चौकी रानीमत्ताका हवल्दार कुबेर केसीले जानकारी दिए ।
पहिरो जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएको केसीले जानकारी दिएका छन् । अविरल बर्षाका कारण बिहीवार दिउँस ३ बजेतीर पहिरो खसेको उनले जनाए । पहिरो खसेपछि यातायात सञ्चालनमा कठिनाई भएको छ ।
कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सुर्खेत दैलेख सडक खण्ड हुँदै दैलेख तथा कालिकोट लगाएतका जिल्लाहरुमा जाने साना तथा ठुला सवारी साधनहरु अलपत्र परेका छन् । सडकमा झरेको पहिरो पन्छ्याउन पहल थालिएको प्रहरी हवल्वार केसीले ज्वाला सन्देशलाई जानकारी दिए ।

तस्विर : शाहिल कुमार थापा
तस्विर : शाहिल कुमार थापा

प्रतिक्रिया