ग्रामिण मर्मत सम्भार कार्यकर्ता र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

ग्रामिण मर्मत सम्भार कार्यकर्ता र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

दैलेख असोज ११ गते ।
दुल्लु नगरपालिका–५ मा सञ्चालित ढाणखोला खानेपानी तथा सरसफाई योजनाको ग्रामिण मर्मत सम्भार कार्यकर्ता र उपभोक्ता समितिका पदाधिकारीहरुलाई दुई दिने व्यवस्थापन दोस्रो तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमद्धारा सञ्चालित योजनाको ग्रामिण मर्मत सम्भार कार्यकर्ता र उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको सामुदायिक सहजकर्ता ललिताकुमारी भण्डारीले जानकारी दिइन् ।
तालिममा हालसम्मको प्रगति र अवस्थाबारे जानकारी समिक्षा गरिएको थियो । खानेपानी योजनामा आईपर्ने विभिन्न समस्या र उक्त समस्याको समाधानको उपायहरूबारे जानकारी सहित मर्मतसम्भार कोषको महत्व र कोषको बृद्धि एवं नियमित परिचालनबारे छलफलल गरिएको सामुदायिक सहजकर्ता भण्डारीले जानकारी दिइन् ।
त्यसैगरी ग्रामीण मर्मतसम्भार कार्यकर्ताको परिचालन, भुमिका र जिम्मेवारी, योजना किताबको अभिलेख पुनरावलोकन, छाडा जनावरको नियन्त्रण तथा योजनाको रेखदेख र बहुउपयोग प्रणालीबारे जानकारी दिईएको छ । तालिममा धारा र भाँडा धुने ठाउँबाट खेर गएको पानीको प्रयोग एवं करेसाबारी निर्माण, जलवायु परिवर्तन र यसबाट हुने असर लगायत पुर्णसरसफाईका सुचकहरुको नियमित प्रयोग तथा योजनाको दिगोपना सम्बन्धि जानकारी सहित छलफल गरिएको बताईएको छ ।

प्रतिक्रिया