कुखुराको खोरमा चितुवा पसेपछि

कुखुराको खोरमा चितुवा पसेपछि

दैलेख असोज १३ गते ।
जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ तर्ताङ्ग नजिकको रेग्मी पोल्टी फर्ममा पसेको चितुवालाई प्रहरी र डिभिजन वन कार्यालयका प्राविधिकहरुको टोली सकुशस जंंगल तर्फ धपाएको छ । सोमवार राति करिव २ बजेर ४० मिनेटको समयमा कुखुरा फर्ममा चितुवा पस्दै गर्दा थाहा पाएको कारण कुुखुरा मार्न नपाएको रेग्मी पोल्टी फर्मका सञ्चालक भीमप्रसाद रेग्मीले बताए ।
सूचना पाएपछि प्रहरी निरीक्षक उपेन्द्र आचार्य, सहायक वन अधिकृतहरु शंकर पुरी र नरबहादुर क्षेत्रीको टोलीले करिब पौने घण्टा जति समयको प्रयासमा कुुखुरा फर्ममा भित्र पसिसकेपछि रन्थनिएको चितुवालाई जंगल तर्फ धपाएको हो । राती सवा ३ बजेतिर प्रहरी र वन प्राविधिकहरुको टोली पुगेपछि मुल ढोका खोलेर ऊ बसेको ठाउँतिरबाट आवाज दिई पटक पटक प्रयासपछि चितुवालाई कुखुरा फर्मबाट बाहिर धपाईएको हो । राति ४ बजेर ५ मीनेटको समयमा कुखुरा फर्मबाट चितुवा बाहिर निस्केर जंगलतर्फ लागेको थियो ।
६ महिना अघि हिम चितुवाले तर्ताङ्गको कालिज फर्ममा २ सय भन्दा बढी कालिज मारेको थियो । यस पटक कुखुरा फर्ममा पसेको लगतै कुखुरा कराएको कारण घरका मानिसहरु त्यहाँ पुगेपछि झ्याल–ढोकाका जालीभित्रैबाट मानिस झम्टिने प्रयत्न गरिरहेको थियो ।
मानिस देखेर पनि हुन सक्छ वा कुखुराको रगत आहार नपुग्ने भएको कारण एउटा भन्दा बढी कुखुरा नमारेको हुन सक्ने डिभिजन वन अधिकृत मुनबहादुर राउतले बताए । गाउँ छेउमै वनहरु भएको कारण चितुवाको संख्या बढेको र यस्ता वन्यजन्तुबाट जोगिन रातिको समयमा मानिसहरु घरमा बाहिर निस्कनै परे होसियारी अपनाउनपर्ने डिभिजनल वन अधिकृत राउतको सल्लाह छ ।

प्रतिक्रिया