बालबिवाह गर्ने जोडी पक्राउ

बालबिवाह गर्ने जोडी पक्राउ

दैलेख असोज २० गते ।
दैलेख प्रहरीले बाल विवाह गर्ने एक जोडीलाई पक्राउ गरेको छ । परिवर्तित नाम ६२ दैलेख ‘ग ४३’ र परिवर्तित नामथर ६२ दैलेख ‘ग ३९’ ले बालबिवाह गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख मातहतमा रहेको प्रहरी चौकी तल्लो डुङ्गेश्वर दैलेखबाट खटिई गएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । प्रहरीले परिवर्तित नाम ६२ दैलेख ‘ग४३’ को घरमा बिवाह गरी बसेको अवस्थामा गत आइतवार बिहान फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई बिवाह सम्बन्धी कसुर (बालविवाह) मुद्दामा दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखि अनुनसन्धान कार्य थालेको डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
यो पनि पढ्नुहोस्

दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

प्रतिक्रिया