बलात्कारको घटना गाउँमै मिलाउने प्रकाउ

बलात्कारको घटना गाउँमै मिलाउने  प्रकाउ

बझाङ असोज २० गते । बझाङको मष्टा गाउँपालिका खिताला गाउँमा जवरजस्ती करणीको घटना मिलाउने ६ जनालाई प्रहरीले सोमबार प्रकाउ गरेको छ। मष्टा खितालाकी १२ वर्षीया सम्झना बिकको गएको साता बलात्कारपछि हत्या भएको थियो। घटनामा अभियुक्त राजेन्द्र बोहरालाई पक्राउ गरिएको थियो । बोहराले यसअघि साउनमा पनि गाउँमा अर्की बालिका बलात्कार गरेको र त्यो घटना गाउँमै  मिलाएको हुँदा घटना मिलाउने ६ जनालाई प्रहरीले प्रकाउ गरेको हो। 

साउनमा  राजेन्द्र बोहराले गाउँकी अर्की बालिकालाई बलात्कार गरेको र त्यो बेला राजेन्द्रले बालिकाका अभिभावकसँग माफी मागेका थिए। दुवैका अभिभावक  बसेर राजेन्द्रलाई ५ सय दण्ड तिर्न लगाएर घटना गाउँमै मिलाएको खुलासा भएको छ। राजेन्द्रले पहिलो बालिका बलात्कार गरेकै बेलामा कानुनी कार्वाही गरेको भए सम्झाना बिकको हत्या हुने थिएन भन्दै सर्वत्र आलोचना भएको थियो। 

समझाना बिकको बलात्कारपछि हत्या गरेका अभियुक्त राजेन्द्र बोहराको पहिलो बत्कारको घटना मिलाउन गाउँका केटी पक्षका झलक दमाई, धनकला दमाई, विरु दमाई, र राजेन्द्र पक्षका लालबहादुर बोहरा, धनचढी बोहरा र गल्फे बोहरालाई प्रहरीले प्रकाउ गरी थप अनुसन्धानमा लागेको प्रहरी इनिस्पेक्टर लोकन्द्र सिंह ठकुन्नाले बताए।  उनले भने, ‘कसुर गर्ने व्यक्तिको कसुर लुकाएर दबाएर ढाकछोप गर्ने व्यक्रिलाई पनि कसुरको प्रमाण दबाउन नहुने सम्बन्धीको मुद्दा लगाएर कार्वाही गरिने छ।’

प्रतिक्रिया