जन्मदिनमा बिरामीलाई फलफूल वितरण

जन्मदिनमा बिरामीलाई फलफूल वितरण

दैलेख असोज २१ गते ।
स्वास्थ्य सेवा कार्यालय/दैलेख अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल युवा परिषद् दैलेखका संयोजक रेखा थापाले आफ्नो जन्मदिनको अवसरमा दैलेख अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरेकी हुन् । नारायण क्याम्पस दैलेखको स्वीयू सभापति एवं बालिका बचाउ अभियानकी सदस्य समेत रहेकी थापाले जन्मदिनको अवसरमा अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य लाभको कामनासहित स्याउ र केरा वितरण गरेकी हुन् ।
प्रायजसो मानिसहले आफ्नो जन्मदिन भव्य खर्च गरेर मनाउने गर्छन् । तर, थापाले आफ्नो जन्मदिन बिरामीलाई फलफूल वितरण गरी मनाएकी हुन् । उनले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताइन् । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको बताइन् । आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको उनको भनाई छ । फलफूल वितरण कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र बिरामीले थापालाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।

प्रतिक्रिया