नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने विश्व बैंककाे अनुमान

          |   प्रकाशित मितिः बिहिबार, अशोज २२, २०७७     ::: 344 पटक पढिएको   |  

काठमाडाैं असाेज २२ गते । विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ । नेपाल सरकारले भने आर्थिक वर्ष २०७६/७७ मा भने नेपाल सरकारले भने २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो ।कोरोना महामारी भर्खरै सुरु हुँदा केन्द्रीय तथ्यांक विभागले उक्त अनुमान सार्वजनिक गरे पनि कोरोना महामारीको असर कायमै रहँदा नेपालको आर्थिक वृद्धिदर कति रह्यो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

दक्षिण एसिया अहिलेसम्मकै गहिरो मन्दीमा

विश्वबैंकका अनुसार कोरोना भाइरसको महामारी र यसको नियन्त्रणकाका लागि अपनाइएका उपायहरुका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्म कै गहिरो संकटमा छ । सुक्ष्म मन्दीको अवस्थामा अर्थतन्त्र रहेको विश्वबैंकले जनाएको छ । जसले गर्दा अनौपचारिक क्षेत्रमा बढी मार पर्ने देखिएको छ ।आर्थिक क्रियाकलाप र पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको भनाइ छ । यसले अनौपचारिक क्षेत्रका कामदारको रोजगारीमा असर परेको छ । फलस्वरुप दक्षिण एसियाली क्षेत्रका मानिसले चरम चरिबीको सामना गर्नुपर्ने भएको छ ।

पछिल्लो ५ वर्षमा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी थियो । सन् २०२० मा ७.७ प्रतिशतको आर्थिक वृद्धिमा गिरावट आउने अनुमान गरिएको छ । यो सोचेभन्दा बढी र डरलाग्दो अवस्था भएको बताइएको छ । तर, सन् २०२१ मा भने केही गतिविधिहरु सूचारु हुनेछन् । यसले संकुचनमा पुगेको अर्थतन्त्र बिस्तार उकासिन थाल्नेछ । सन् २०२१ मा क्षेत्रीय वृद्धिदर ४.५ प्रतिशत कायम हुने अनुमान विश्व बैंकको रहेको छ । यस भेगको प्रतिव्यक्ति आय ६ प्रतिशतले घट्ने छ । लगानी र निर्यातमा बढ्दो खाडलले आर्थिक मन्दीमा सहयोग पुग्नेछ । यसले बेरोजगारी बढाउने र यसको असर गरिबीमा पर्ने देखिएको हो ।

विप्रेषणमा आएको कमीले पनि विपन्न वर्गले तीब्र रुपमा आम्दानी गुमाउने छन् । प्रतिवेदनका सम्बन्धमा प्रतिक्रिया दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आर्थिक क्रियाकलाप वृद्धि गर्न नेपालले बढी भन्दा बढी लगानीको वातावरण बनाउनु पर्ने बताउँछन् ।

अनौपचारिक क्षेत्रमा परेको मारले चरम गरिबी बढाउने भन्दै उनले भौतिक पूर्वाधार निर्माण र अनौपचारिक क्षेत्रमा वित्तीय पहुँचले बढावा पाउनु पर्ने बताए ।विश्व बैंकका अनुसार नेपालमा अनौपचारिक व्यवसायमा करीव ५० प्रतिशत उद्यमी रहेका छन् । उनीहरु नै अधिकांश श्रमजिवीको कमाइका मूख्य स्रोत हुने छ । कोरोनाका कारण शहरी अनौपचारिक क्षेत्रका कामदार र तीनका परिवार सबैभन्दा बढी जोखिममा रहेका छन् ।

ग्रामीण भेगमा भने कम्तिमा खेतपातीका माध्यमबाट समेत निर्वाह चल्ने विश्व बैंकले उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रलाई तत्काल चलायमान बनाउँदा कोरोना भाइरसको संक्रमण झन् तीब्र रुपमा बढ्ने भएकाले नेपालले दोहोरो संकटको अवस्था भोग्नुपर्ने चेतावनीसमेत विश्व बैंकले दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन सुझाव दिएको छ । बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्‍याउने नीतिको विकास गर्न समेत बैंकले सरकारको सुझाव दिएको छ ।

यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय वित्त पोषणको सुरक्षाले सरकारलाई पुनरुत्थानका कार्यक्रम अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । विश्व बैंकका अनुसार कमजोर मुलुकको अर्थतन्त्रलाई गति दिन र नागरिकको जीवनरक्षाका लागि १५ महिनासम्म १ सय भन्दा बढी मुलुकमा अनुदान तथा सहुलियतपूर्ण ऋणका रुपमा १ सय ६० करोड अमेरिकी डलर भन्दा बढी रकम प्रवाह गर्ने नीति लिइएको छ ।



Leave a comment

Your email address will not be published.


*