अहिले सम्मकै धेरै ५ हजार ८ संक्रमित थपिए, संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुग्यो

अहिले सम्मकै धेरै ५ हजार ८ संक्रमित थपिए, संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुग्यो

काठमाडौं असोज २४ गते । नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ। सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ।  संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४  जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ। त्यस्तै काठमाडौंमा २१ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरेर उपत्यकामा २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ सय २९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव २ प्रतिशत हो। शनिबार १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएको हो। योसँगै नेपालमा पीसीआर गर्नेको संख्या ११ लाख ६४ हजार ५५७ पुगेको छ।  अहिले देशभर ४ हजार ६८६ जना क्वारेन्टिनमा रहेका छन्।

देशभर संक्रमण तिब्र रुपमा फैलिएको छ। अहिलेसम्म सबैभन्दा धेरै संक्रमित उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, लतिलपुर रहेका छन्। सँगै मोरङ, सुनसरी, चितवन, बाँके, रुपन्देही र सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  हिमाल पारीका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा भने संक्रमण शून्य छ। 

प्रतिक्रिया