कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकाको सबै सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकाको सबै सेवा बन्द

दैलेख असाेज २७ गते । जिल्लाको नारायण नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । मंगलवार एक सूचना जारी गर्दै नगरपालिकाले सबै सेवा बन्द गरिएको जनाएको छ । नगरपालिकाको विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि सेवा प्रवाह र कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए ।
संक्रमणको दर अझै बढ्ने सम्भावना भएकोले संक्रमणको न्यूनिकरण गर्न नगरपालिका र नगरपालिका अन्तरगर्तका सम्पूर्ण वडा कार्यालयहरु एक हप्ताका लागि पूर्ण रुपमा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाई छ । यो अवधीमा कोरोना व्यवस्थापन, स्वास्थ्य, सरसफाई तथा फोहोर मैला व्यवस्थापन र विपद् व्यवस्थापन बाहेकका कुनै पनि सेवा प्रवाह नहुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि उच्च सर्तकता अपनाउन र अत्यावश्यक कामका लागि बाहेक घर बाहिर ननिस्कीन आग्रह गरेको छ । यस्तै चार्डपर्व तथा धार्मिक सांस्कृतिक परम्परासँग सम्बन्धित भीडभाड हुने र असुरक्षित हुने गतिविधिहरु सञ्चालन नगर्न नगरपालिकाले आग्रह गरेको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलवारसम्म दैलेखमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार दुई सय ३१ पुगेको छ ।

प्रतिक्रिया