कर्णालीमा थपिए १०० संक्रमित

कर्णालीमा थपिए १०० संक्रमित

दैलेख असाेज २८ गते । पछिल्लो २४ घण्टामा दैलेख सहित कर्णालीमा एक सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ हजार ७ सय ५१ पुगेको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार सुर्खेतमा मात्र बुधवार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै दैलेखमा २०, जुम्लामा २, कालिकोटमा ४, रुकुम पश्चिममा १ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ७६, दैलेख अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २३ र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा १ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
बुधवारसम्म जिल्ला घर ठेगानाको आधारमा सुर्खेतमा १९९१, दैलेखमा १२५१, सल्यानमा ४४८, जुम्लामा २५५, कालिकोटमा १९९, रुकुम पश्चिममा १४९, जाजरकोटमा ८५, हुम्लमा २५, मुगुमा २०, डोल्पामा १३ र अन्य प्रदेशका ३१५ जनामा संक्रमण पुष्टि भएको महाशाखाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २४ छ । यो सँगै हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३५५५ पुगेको छ । हाल कर्णालीमा ११९६ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया